सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय कम्यूनिष्ट नेताकाे गुनासाेः याेगदानकाे मुल्याङ्कन हुनु पर्छ नत्र पार्टी एकता औंचित्य हुँदैन ?

काठमाडौँ । काभ्रेको भुम्लो गाउँपालिकाको वडा नं. १ सापिङमा असोज १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पुरानो स्थानीय नेतासँग भेट्ने अवसर मिल्यो ।

शुक्रबार १६ गते साँझ लाल बहादुर तामाङको घरमा वास वस्न पुगेको थियो । उहाँ पनि धेरै पुरानो स्थानीय नेता रहेछ । २०५४ सालको वडाध्यक्षमा जितेका लाल बहादुर तामाङ अहिलेको शासन व्यवस्था प्रति भने थोरै असन्तुष्टि रहेको पायौं ।


स्थानीय रेडियोकर्मी क्रान्ति लामाको साथमा भुम्लो पुगेको मेरो पाँचौ पटकको अनुभव हो भने सापिङ पुगेको चाहि पहिलो नै हो ।


खास गरेर म काठमाडौँ देखि नेकपाको पुरानौ स्थानीय नेता देव बहादुर पन्तको श्रद्घाञ्जली कार्यक्रमको केही भिडियो फुटेज लिने योजनामा सापिङ पुगेको थियो ।

समय बदले, उमेर ढल्के पनि मन ढल्किदैन भन्ने प्रमाण नेकपाको पुरानो स्थानीय नेता कृष्ण बहादुर बम्जनसँग भेट भएपछि प्रस्ट भयो ।


अहिलेको पार्टी एकता प्रति अझ पनि शंका नै गर्छन् लाल बहादुर तामाङ र कृष्ण बहादुर बम्जन । हामीलाई प्रश्न गर्दै थियो । के साँच्चि कै एमाले र माओवादी एकता प्रकृया पुरा होला त ? म पत्रकार भएको हुँदा मैले उहाँको प्रश्नमा टाउँको हल्लाउने बाहेक अरु केहि गरिन ।

गाउँ गाउँमा पूर्व एमालेलाई माया गर्ने थुप्रै नेताहरु भेट्न सकिन्छ । त्यस्तै एक हुन् लाल बहादुर तामाङ र कृष्ण बहादुर बम्जन । जनताको पहरेधार अनि साँच्चिकै पार्टीको बफदार कार्यकर्ताको रुपमा चिन्न सकिन्छ यी दुई स्थानीय नेतालाई तर अहिलेको पार्टी एकताले यस्ता इमान्दार कार्यकर्ताहरु ओझेलमा परेको त छैन ? भुम्लो गाउँपालिकामा देखिएको यो सामान्य दृश्य मात्र हो । पार्टी अनि भुम्लो गाउँपालिका व्यवस्था प्रति अनि पार्टीको केन्द्रीय व्यवस्था प्रति कस्तो धाराना छ त सुनौ यी नै पुरानो नेता तथा २०५४ सालको गाविस उपाध्यक्ष कृष्ण बहादुर बम्जन सँग गरिएको संवाद ।

भर्खरै

सम्बन्धित खबर

Language »