सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय को सकृयता मा गुम्बा र स्तुपा बन्दै

नुवाकोट,

ककनी गाउँपालिका  वडा नं १ को पदेली हाईट नुवाकोट मा स्थानिय अगुवा हरु  को सकृयता मा गुम्बा र स्तुपा बन्ने भएको छ  ।

 यहि माघ १२ गते ककनी वडा नं १ का वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ  को प्रमुख आतिथ्य र साङ्गे बरु कुसुम छ्योलिङ गुम्बा समिति का अध्यक्ष   रमेश लामाको शभापतित्व मा गुम्बा तथा स्तुपा (छ्योर्तेन) को शिलान्याश भएको छ  ।

ककनी ८का वडा अध्यक्ष शेषमान लामा ,(लामा प्रमुख) शुक्र बहादुर लामा तथा वडा सदस्य योगनाथ फुयाँल लागायत को उपस्थितिमा शिलान्याश कार्यक्रम सम्पन्न भएको थियो  ।

वरिपरी को रमणिय दृश्य हेर्न सकिने पदेलि डाँडामा स्तुपा र गुम्बा बन्ने बन्ने पक्का भएपछि स्थानिय हरु पनि खुसि भएका छन्।

मनोज तामाङ्ग ले सन्चालन गरेको शिलान्याश कार्यक्रम को संयोजन स्तुपा निर्माण समिति का अध्यक्ष सानुकान्छा थोकर ( च्याङ्बा लामा )ले गरेका थिए  ।

कार्यक्रममा बोल्दै बक्ता हरुले गुम्बा र स्तुपा को निर्माण ले धार्मिक र आन्तरीक पर्यटन को प्रवर्धन हुने बिस्वास लिएको बताएका छन्। निर्माण प्रकृयामा रहेको स्तुपा बनाउन ककनी गाउँपालीका ले तिन लाख बजेट बिनियोजन गरेको निर्माण समितिको संयोजक च्याङ्बा लामाले बताएका छन्।

स्तुपाको निर्माण कार्य शुरु भएपनि गुम्बाको लागि भने केहि बजेट अपुग भएको ले पहिले बजेटको ब्यबस्था मिलाए पछि शुरु गरीने बताईएको  छ  ।

गाउँपालिका ले बिनियोजन गरेको बजेट अपुग हुन सक्ने भन्दै संयोजक च्याङ्बा लामाले केहि आर्थिक संकलन को लागि पहल पनि गरीने बताए  ।

गुम्बा निर्माणको लागि  कार्यक्रम मार्फत प्रतीबद्धता जाहेर गर्ने क्रम मा ककनी १ का वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ ले वडा बाट १०लाख सम्म बजेट  बिनियोजन  गरीने बताए भने वडा नं ८ का वडा अध्यक्ष शेषमान लामाले पनि आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

आफ्नो जन्म भुमि मा यसरी आफ्नै नेतृत्वमा यस्तो गौरव को काम गर्ने मौका दिएको मा सबै स्थानिय बासिलाई धन्यवाद दिदै संयोजक च्याङ्बा लामाले आफ्नो बल बुद्धि ले भ्याएसम्म  काम गर्ने बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »