सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्मार्ट सिटीको कार्यन्वयनमा उत्कृष्ट नगरकको पुरस्कार वालिङ नगरपालिकालाई

स्याङ्जा । स्मार्ट सिटीको कार्यान्वयनको चरणमा रहेको वालिङ नगरपालिका मुलुकभरमै सर्वोत्कृष्ट नगरका रुपमा पुरस्कृत भएको छ। पुरस्कृत भएसँगै वालिङ नगरवासी लगायत स्याङ्जाबासी खुशी भएका छन्। 

सर्वोत्कृष्ट नगरका रुपमा प्रधानमन्त्री केपी ओलीले वालिङ् नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका छन्। नेपाल नगरपालिका संघको बुधबार काठमाडौंमा सम्पन्न २८ औं वार्षिकोत्सव पारेर प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका हुन्। 

वालिङ् नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशीलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो। नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए। नगरपालिकाले शहरी विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरी विगत दुई वर्षदेखि कार्यरत छ। 

यसैबीच, करिब ५ वर्षअघि पनि वालिङ नगरपालिका देशभरका २ सय १७ नगरपालिकामध्ये सर्वोत्कृष्ट भइ पुरस्कृत भइसकेको छ। यसैगरी, संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो। 

जिल्लाको मध्य भागमा रहेको वालिङ नगरपालिकाले दिर्घकालिन लक्ष्य अनुरुपका विकास निर्माणलाई अघि बढाएको छ। तर, बजेटको भने अभाव छ। गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल भन्छन्, ‘समग्र नगरको विकासका लागि संघीय सरकारले आवश्यकता अनुरुपको बजेट बिनियोजन गर्नुपर्छ।’ 

नेपाल नगरपालिका संघले विभिन्न ३ विधामा देशभरका नगरपालिका मध्येबाट स्याङ्जाको वालिङ, रुपन्देहीको तिलोत्तमा र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट चयन गरी पुरस्कृत गरेको हो। 

भर्खरै

सम्बन्धित खबर

Language »