सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्याङ्जाको वालिङको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

स्याङ्जा । वालिङ नगरपालिका–१४ तमादीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपालीको शव फेला परेको छ ।

यसअघि २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । उनका अनुसार बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको छ ।

पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखर रिफर गरिएको छ ।

यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »