सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्याङ्जामा औषधी व्यवसायीमा पनि कोरोना संक्रमण देखियो

काठमाडौं । केही दिनदेखि संक्रमित बढीरहेको स्याङजामा बुधबार साँझ फेरि ९ जनामा कोरोना पुष्टि भएको छ।

गल्याङ नगरपालिकाका ८ जना र पुतलीबजार नगरपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितमध्ये ६ जना गल्याङको क्वारेन्टाइनमा बसेका हुन् भने एक जना प्रहरी कर्मचारी र एक जना औषधी व्यवसायी हुन्।

यसैगरी, पुतलीबजारका पनि प्रहरी कर्मचारी नै हुन्। ठूलो संख्यामा प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ।

यसैगरी पछिल्लो अद्यावधिक विवरणअनुसार स्याङजामा २ सय ५२ जना कोरोना संक्रमित पुगेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »