सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्याङ्जा प्रहरीकाे सफलताः ४८ जना आरोपित एकै दिन पक्राउ

स्याङ्जा। स्याङ्जामा विभिन्न मुद्धाका ४८ जना आरोपित एकै दिन पक्राउ परेका छन् । विभिन्न आरोप लागेपछि फरार रहेका उनीहरुलाई प्रहरीले एकैदिन प्रकाउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

कर्तव्यज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिटलगायतका विभिन्न मुद्धा लागेपछि फरार भएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।

यसैबीच जिल्ला प्रहरी कार्यालय स्याङजाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत विगत १ महिनामा विभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादी पक्राउ गरेको पनि प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »