सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वदेश फिर्ता हुँदै डेढ महिनादेखि रोकिएका नेपाली

रमेश चन्द्र कुमाल

नेपालगञ्ज,भारतको नानपारास्थित क्वारेन्टाईनमा रहेका सहित पाँचयसय बढि नेपालीहरु आज नेपालगञ्ज नाका भएर स्वदेश फर्किदैछन् ।

यसैगरी बाँकेका विभिन्न क्वारेन्टाईनमा रहेका, ईट्टाभट्टामा कार्यरत र अन्य काम विशेषले आएका ५ सय बढि भारतीय नागरिकलाई पनि आज नै भारत पठाउन लागिएको छ ।

भारतीय नागरिकहरु स्वदेश फिर्ताका लागि जमूनाह नाका पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेशमान श्रेष्ठका अनुसार क्वारेन्टाईनमा बसेका १६५ जना भारतीय नागरिकको पिसिआर र आरडिटी चेकजाँच गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट भित्रिने नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिने जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा राखिएपछि उनीहरुको चेकजाँच तथा सम्वद्ध जिल्ला पठाउने विषयमा निर्णय लिइने प्याकुरेलले बताउनुभयो ।

सीमापारी नानपारामा एउटै क्वारेन्टाईनमा तीनसय बढि नेपालीहरु २५ देखि ५० दिनसम्म बस्दै आएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »