सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वर्गीय गोपाल योञ्जनको ७९ औं जन्मजयन्ती तथा २५ औं स्मृति दिवस मनायो

काठमाडौँ । गीत संगीतको सम्राट भनेर चिनिने स्वर्गीय गोपाल योञ्जनको ७९ औं जन्मजयन्ती तथा २५ औं स्मृति दिवस मनाएको छ ।

नेपाल तामाङ साँस्कृतिक घेदुङ, माधुरिमा कला केन्द्र र साँस्कृतिक सस्थान राष्ट्रिय नाँचघरको आयोजनामा साउन २७ गते शुक्रबार राष्ट्रिय नाँचघर जमलमा स्वर्गीय गोपाल योञ्जनको ७९ औं जन्मजयन्ती तथा २५ औं स्मृति दिवस मनाएको हो ।

कार्यक्रममा स्वर्गीय गोपाल योञ्जनको सम्झनामा गीत संगीत प्रस्तुत गरेका थियौ । स्वर्गीय गोपाल योञ्जनको कालजय गीतहरु अहिलेपनि सबैको मुखमा गुणगुनाई रहेका हुन्छन् ।

जन गायक नारायण भक्त श्रेष्ठ रायनको प्रमुख आतित्थ्यतामा स्वर्गीय गोपाल योञ्जनको सम्झनामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्वर्गीय गोपाल योञ्जनको “यक्ति चोखो यत्ति मिठो, आजकल म प्रिरतीलाई, चञ्चल मन, तिमी देऊ या नदेउ, र थिएन मेरो” लगायत गीतहरु चर्चित छन् । उहाँले नेपाली सगीतको लागि जीवन समर्पन गरेको यादमा धेरै उहाँकोबारेमा सम्झनाका कोसेलीहरु सुनाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »