सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्यमा समस्या हुने भन्दै बैठकमा २० मिनेट बसेर बाहिरिए ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकबाट बाहिरिएका छन् ।

बैठक शुरु गरेर २० मिनेट बसे पछी ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएर बैठकबाट बाहिरिएका हुन् ।

लामो समय बैठकमा बसिरहँदा स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको स्थायी कमिटीका एक नेताले जानकारी दिए ।

नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रस्तावमा छलफल गरी आजै पारित गर्ने तयारी रहेको बताइएको छ ।

बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने र प्रस्ताव पारित गरेर आजै बैठक सक्ने तयारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »