सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे छ थियो ।तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएकाे मन्त्रालय स्रोतले जानकारी दिएकाे छ ।

स्रोतका अनुसार मन्त्रालयका चारजना संक्रमितमा तीन जना कार्यलय सहयोगी रहेका छन्। एक जना मन्त्रालयकै एक अधिकारीका ड्राइभर रहेका छन्।

उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएकाे छ ।

संक्रमण देखिएका कार्यालय सहयोगीहरुले मन्त्रालयका उच्च अधिकारीहरुलाई चिया-खाजा खुवाउने काम गर्दै आएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »