सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य मन्त्रालयले गल्ती सच्यायो- कोरोना संक्रमित दुई सय ४५ नै कायम

काठमाडाैँ। नेपालमा काेराेना संक्रमित संख्याकाे तथ्यांक अपडेट गर्दा स्वास्थ्य मन्त्रालयले गल्ती गरेकाे स्वीकारेकाे छ । यसअघि बिहीबार बिहानकाे दाेस्राे अपडेटमा थप ५ जनामा काेराेना भाइरस पुष्टि भएकाे र नेपालमा कोरोना संक्रमित संख्या २५० पुगेको भन्दै मन्त्रालयले विज्ञप्ती निकालेकाे थियाे ।

तर उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेर मन्त्रालयले संक्रमित संख्या सच्याउँदै दुई सय ४५ रहेको बताएको हो।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

त्यसैका आधारमा सबैजसाे सञ्चारमाध्यममा गलत विवरण गएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »