सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य मन्त्रालय अनुसार नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौ। नेपालमा फेरी थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु छ ।

भर्खरै

सम्बन्धित खबर

Language »