सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य सामाग्री वितरण गर्दै काभ्रेली जनताकाे साथमा युवा नेताहरू र संघिय सांसद ”बम्ध्वज”

काभ्रे । संघिय सांसद गंगा बहादुर दाेङ बाम्ध्वज र पूर्व सूचना तथा संचार प्रविधिमन्त्री गाेकुल बास्काेटाकाे विशेष सहयाेगमा काभ्रेकाे विभिन्न गाउँपालिका र नगरपालिकाहरूकाे अस्पतालका तथा स्वास्थ्य चाैकिहरूमा स्वास्थ्य सामाग्री वितरण गरेकाे छ ।

काभ्रेकाे बनेपा, धुलिखेल, पनाैती, पाँचखाल, मण्डन, र नमाेबुद्ध नगरपालिका, अनि महाभारत, राेशी, चाैउरी-देउराली र तेमाल गाउँपालिकामा उक्त सामाग्रीहरू वितरण गरेका हुन् ।

शनिवार २९ गते तेमाल गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरणकाे क्रममा उहाँले काभ्रेली जनताकाे स्वास्थ्यमा काेहि कसैले खेलवाड नगर्नका लागि पनि खबरदारी गरेका छन् । उहाँले प्रत्यक गाउँपालिकाले २४ घण्टा नै एम्बुलेन्स सेवा तयारी गरेर राख्न पनि अनुराेध गर्नु भएकाे छ भने अावश्यक सहयाेगका लागि जुनसुकै बेलामा पनि सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।

२०७६ चैत्र २८ र २९ गते दुइदिनसम्म अनेरास्ववियूका केन्द्रिय सदस्य तथा नेकपा काभ्रे जिल्लाका सदस्य जेनिस दाेङकाे अगुवाइमा नगरपालिका र गाउँपालिकाका अध्यक्षहरूलाइ उक्त सामाग्री हस्तान्तरण गर्ने गरेकाे थियाे ।

उक्त समुहमा नेकपा काभ्रेका नेताहरु इन्द्र तामाङ, डिएम लामा, राकेश लामा, प्रदीप लामा, सार्कीमान लामा, राष्ट्रिय युवा संघ काभ्रेका संयाेजक बिक्रम चौलागाईं, अनेरास्ववियु केन्द्रिय सदस्य सलिकराम पराजुली, उपेन्द्र शर्मा अनेरास्ववियू काभ्रेकाे संयाेजक, सुन्दर खड्का अनेरास्ववियू केन्द्रिय सदस्य, कुमार लामा वाइसेल सदस्य, कानछामान लामा युवा संघकाे सदस्य, युवराज लामा अनेरास्ववियू काभ्रेकाे उपसंयाेजक, लगाएतका युवाहरूकाे सहभागीता रहेका थिए ।

याे कार्यले काभ्रे जिल्ला नेकपाका नेता तथा युवाहरू जस्ताे सुकै कठिन परिस्थितिमा पनि जनताकाे घर दैलाेमा पुग्न सकिन्छ भन्ने सन्देश दिएकाे छ ।

हरेक नगरपालिका र स्थानीय तहका जनप्रतिनिधिहरूले पिपिइ, स्यानिटाइजर, सर्जिकल माक्स अादिकाे समस्या भएकाे गुनासाे जता पनि सुन्न सकिन्छ । साे अावश्यक्तालाइ पुर्ति गर्नका लागि याे सामाग्री विभिन्न माध्यमबाट जुटाएर स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य युवाहरूलाइ जिम्मा दिएकाे संघिय सांसद गंगा बहादुर दाेङ बाम्ध्वजले सारा खबरलाइ बताउनु भयाे ।

यत्तिबेला राजनीतिक स्वार्थ भन्दा माथि उठेर हामी अाम युवाहरू एक जुट भएर काेराेना भाइरस विरूद्ध लड्नु पर्ने समय अाएकाे हुनाले विषम परिस्थितिमा सामाग्री वितरणका लागि हिडेकाे युवा नेता जेनिश दाेङले संवादकाे क्रममा बताउनु भएकाे छ ।

२९ गते शनिवार रोशी गाउँपालिकालाई सर्जिकल मास्क २०० पिस, सामान्य मास्क ४ सय पिस, १२ पिस सेनिटाइजर र ३ पिस पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलालाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि तेमाल गाउँपालिकालाई साधारण मास्क ६ सय पिस, २०० मास्क, सेनिटाइजर १ सय २०, ८ थान पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री तेमाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकलाई हस्तान्तरण गरिएको थियो ।

यसरी नै नमोबुद्ध नगरपालिकालालई सर्जिकल मास्क ३ सय, साधारण मास्क ४ सय, १२ पिस सेनीटाइजर, १० थान पिपिई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

महाभारत गाउँपालिकालाई ४ वटा पिपिइ, सर्जिकल मास्क २००, स्यानिटाइजर १२० हस्तान्तरण गरेकाे छ ।

बाँकी सन्दर्भ भिडियाेमा हेर्नु हाेला

भर्खरै

सम्बन्धित खबर

Language »