सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हजारौं को ज्यान बचाउने अभियान मा लायन्स क्लब अफ काठमाण्डौ इभा (फोटो फिचर)

काठमाडाैँ । कोरोना भाईरस (covid-19) ले विश्व आक्रान्त पारिरहेको अवस्था तथा त्यसले नेपालमा पारेको प्रभाव र भर्खरै गएको बाढीपहिरो समेतलाई मध्यनजर गर्दै विभिन्न अस्पतालहरुमा रगतको अभावले छट्पटाइ रहेका बिरामीहरुको जीवन रक्षाको लागि भन्दै लायन्स क्लब अफ काठमाडौं इभाले आज एक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

पशुपतिनाथ प्रवेश गर्ने दक्षिण गेट पिङ्गलास्थानमा बिहान ९ बजेदेखि शुरु भएको उक्त खुल्ला रक्तदान कार्यक्रमले राजधानीका अस्पतालहरुमा भई रहेको रगत अभावलाई केही हदसम्म पूर्ति गर्ने कुरा लायन्स क्लब अफ काठमाडौं इभाका अध्यक्ष कृष्ण पाण्डेले सारा खबरलाई बताएका छन्।

केन्द्रीय रक्तसञ्चार व्यूरो तथा नोबेल अस्पताल सिनामंगलको प्राविधिक सहयोगमा सम्पन्न भएको सो कार्यक्रममा करिब २०० जनाको उपस्थितिमा १०० भन्दा बढिले रक्तदान गरेका थिए।

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं. ११ महादेवटार निवासी सामाजिक अभियन्ता मुकुन्द सिलवाल पहिलो रक्तदाताका रुपमा देखिए।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट विशेष गरि युवा वर्गको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा प्रगतिशील नागरिक मञ्च – बालाजु तथा उपत्यका सरोकार मञ्चको समेत विशेष सहभागिता रहेको थियो।

No description available.

No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »