सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हजारौं भोको पेट्मा अन्न र नाङ्गो आङ मा बस्त्र को ब्यबस्था गर्ने बब्लु माथी प्रहरी द्वारा निर्घात कुटपिट

काठमाडौं ।
शान्तिपूर्ण प्रदर्शनका लागि बिजुलीबजारबाट माइतीघर मण्डलातर्फ जाँदै गरेका बब्लु गुप्तामाथि इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले लाठी, बुट र मुक्काले हानेर झम्टीझम्टी कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछी कुटपिट गर्ने प्रहरी निरीक्षक न्यौपानेसहितको टोलीमाथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


‘कुटपिटको घटनामा हाम्रो ध्यानाकर्षण भएको छ,’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायतले भने, ‘छानविनका लागि महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएका छौँ, दोषी देखिए कारवाही हुन्छ ।’


‘हामीले राष्ट्रिय झण्ड बोकेका थियौँ, प्रहरीले दोहोरो कुरा नै नगरी आर्ट काउन्सिल अगाडी हामीलाई‘माइतीघर जान मिल्दैन’ भन्दै रोकेर लाठी, बुट र हातले कुटेर भ्यानमा हाल्यो अनामनगरमा लगेर राख्यो, केही बेरमा छाडिदियो ।’


महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले बब्लुका साथीले फोन गरेर घटनाको जानकारी गराएपछि तत्काल आफुले उनलाई रिहा गर्न आदेश दिएको बताएकाछन् ।


हन्ड्रेड्स (१००) ग्रुप मार्फत निःशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका बब्लुले ‘शरीरमा एकसरो कपडा नहुनेहरुका लागी ‘कपडा बैङ्क’को शुरुवात समेत गरेका छन् ।
सामाजिक सञ्जालमा अमानवीय तरिकाले भिडियो भाइरल भएपछि सामाजिक संजाल मार्फत धेरै ले प्रश्न गरेका छन्”सडक मै यस्तो गर्ने प्रहरीले भित्र लगेर के गर्छ ?”

भर्खरै

सम्बन्धित खबर

Language »