सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हत्या, अपहरण, बम विष्फोट लगायतका आधा दर्जनबढी अपराधमा संलग्न एक ब्यक्तिलाई यादव घरबाटै प्रहरीले पक्राउ

नेपालगञ्ज, हत्या, अपहरण, बम विष्फोट लगायतका आधा दर्जनबढी अपराधमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको सर्बाधिक खोजीको सूचीमा रहेर फरार रहेका बाँके डुडुवा गाउँपालिका साविक बनकट्टी ५ का धर्मा सिंह भन्ने राजेश यादवलाई मंगलबार विहान ३ बजे घरबाटै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार पत्रकार सम्मेलन गरि यादवलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले भारतबाट घरमा आएको सूचनाको आधारमा यादवलाई तरबार, चक्कु सहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

यादव विगतमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा(ज्वाला सिंह) समूहमा आद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ९ वटा अपराधका घटनामा संलग्न देखिएका यादवलाई अदालतले कैद सजाय र जरिबानाको फैसला गरेको छ । यादव एक दशकदेखि अपराधीक गतिबिधिमा संलग्न भएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »