सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“हल्का हल्का माया बस्यो” मोडल सबु गोलेको अग्नि परिक्षा, मोडल तथा

काठमाडौँ । लोक दोहोरी म्यूजिक भिडियोबाट मोडलिङ क्षेत्रमा पाइला टेकेका मकवानपुरको हेटौँडामा जन्मेकी सबु गोले केही समय म्यूजिक भिडियोको संसारबाट टाढा नै बसिन् । तर यही पेशामा रमेको उनको मनले फेरि मन मानेन । गायिका शशिकला मोक्तानको स्वरमा रहेको “तिम्रै साथ रहने छु” नेपाली आधुनिक म्यूजिक भिडियोबाट मोडलिङ क्षेत्रमा फेरी कमब्याक गरेकी छिन् ।

सानै उमेर देखि कलाकार बन्ने रहर पुरा गर्नका लागि लोक दोहोरीमा पाइला टेकेका मोडल सबु गोले बताउँछिन् ।

“रहर पुरा नहुँदो रहेछ । आफू रमेको दुनियाँ झल्को मात्र आईरहँदो रहेछ तर सांगीतिक क्षेत्रमा आफुले चिनेको कोही नहुदा, बाटो देखाउने मान्छे पनि नहुदा कम्ता गार्‍हो थिएन । कसरी अगाडी बढ्ने अन्योलमा थियो ? जसोतसो यो क्षेत्रमा अगाडी बढ्दै छु । ” उनले विगत सम्झेर गुनासो गरिन् ।

मोडल सबु गोलेले “तिम्रै साथ रहने छु” म्यूजिक भिडियोमा राम्रै भुमिका निर्वाह गरेको छ । मोडललाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा कोरियोग्राफरको हातमा रहन्छ । यो भिडियोमा कोरियोग्राफरको केही कमी कमजोर देखिएको छ भने स्थान छनोट र मौसमको ख्याल गर्न नसकेको हो कि भन्ने भिडियो हेरेपछि थाहा हुन्छ ।

“हल्का हल्का माया बस्यो” नयाँ तामाङ म्यूजिक भिडियो आउँदैछ । यो म्यूजिक भिडियोमा मोडल सबु गोलेलाई मोडल तथा कोरियोग्राफर हेरुका लामाले साथ दिएका छन् ।

मोडल सबु गोलेको रहर पुरा हुने लक्षण देखिन्छ । “तिम्रै साथ रहने छु” म्यूजिक भिडियोमा उनले राम्रै अभिनय गरेको छ । हुन त यो भिडियोबाट मोडल सबु गोलेले चर्चा बटुल्न सक्दैन होला तर “हल्का हल्ल्का माया बस्यो” म्यूजिक भिडियोबाट भने अवस्य नै चर्चा बटुल्न सफल हुनेछन् । किनभने उनीसँग अनुभवी मोडल तथा कोरियोग्राफर हेरुका लामा जोडिएको छ । वास्तविक प्रतिस्पर्दाको बाटो सायद सबु गोलेको लागि आउँदौ यही म्यूजिक भिडियोबाट नै हुनेछ।

गायिका शशिकला मोक्तानको आवाजमा रहेको यो गीत वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ, मीनसागर लामाको शब्द रहेको छ भने स्वर्गीय बबिराज घतानेले एरेन्जर गरेको हो । यो म्यूजिक भिडियोलाई मोडल हेरुका लामाले नै निर्देशन गरेका छन् ।

डम्फू मिडिया अफिसियलबाट यही साउन १५ गते सार्वजनिक हुन लागेको यो म्यूजिक भिडियोले नेपाली सांगीतिक क्षेत्रमा मोडल सबु गोले भनेर चिनिनेमा उनी ढुक्क छिन् ।

घरको सम्पुर्ण जिम्मेवारी आफैले सम्हाल्नु पर्ने भएको हुनाले केहि समय विदेशीनु परेको मोडल सबु गोलेले सारा खबरलाई जानकारी दिइन् भने अब निरन्तर म्यूजिक भिडियोमा नै लाग्ने बताइन् ।

संगीतिक बजारमा मोडलहरुको बगरले भरिएको छ । प्रतिस्पर्दा धेरै गर्नु पर्छ अनि मात्र सफलता मिल्ने छन् । मोडल सबु गोलेमा त्यो साहस देखिन्छ । मोडलहरुको भीडबाट एक नयाँ मोडल भएर प्रस्तुत हुने उनको उद्देश्य छ ।

पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा वास्तविक कलाकार भन्दा रहरको कलाकारहरु धेरै देखिन थालेको छ । मोडल सबु गोलेमा त्यो लागू नहोस् । सफलताको शुभकामना ।

भर्खरै

सम्बन्धित खबर

Language »