सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हवाई उडान र लामो दूरीका सवारी संचालनको समय १५ दिन थपियो

काठमाडाैँ । आन्तरिक तथा बाह्य उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने समय पर सरेको छ ।

आइतबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले आगामी भदौ १५ गतेसम्म स्थगन गर्न प्रस्ताव गरेको हो ।

गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई उडान, शिक्षण संस्था र लामोदूरीका यातातायत संञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोना भाइरसको संक्रमण र जोखिममा बृद्धि हुदैं गएको भन्दै सीसीएमसीले भदौ १५ सम्म रोक लगाउन प्रस्ताव गरेको छ ।

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको बताए ।

सीसीएमसीले गरेको प्रस्ताव सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »