सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाँस्य कलाकार देवीराम पराजुली (भोक लाग्यो)लाई कोरोना संक्रमण

काठमाडौँ। कलाकार देवीराम पराजुली (भोकलाग्यो) लाई कोरोना पोजेटिभ भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’

सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा र कोरोनाबाट बिछोड हुँदाको अवस्थाको भन्दै तस्वीर शेयर गरेका छन् ।उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् ।

हाँस्य श्रृंखला जिरे खुर्सानीमा भोकलाग्यो पात्रका रुपमा परिचित पराजुलीलाई उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »