सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हात्तीपाइले रोग सबै मिलेर निर्मुल पार्नु पर्ने – मौलाना मसहूद


अजय मिश्र
कपिलवस्तु ,
कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकी मा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई रहनु भयो ।

उक्त कार्यक्रम मा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसले र कसरी सेवन गर्ने, बच्ने उपाय लगायत अन्य कुरा को बारेमा स्वास्थ्यक्रमी नन्द गोपाल विश्वकर्मा ले प्रकाश पार्नु भयो ।

उक्त कार्यक्रम मा सोही स्वास्थ्य चौकी व्यवस्थापन समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली ले यो रोग सबै मिलेर निर्मुल पार्नु पर्ने, हात्तीपाइले रोग को औषधि सेवन गर्नु पर्ने र यो रोग निवारण का लागी आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »