सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हात्तीले भत्काएको घरमा सशस्त्र प्रहरीको बिओपी


कञ्चनपुर ,पछिल्लो एक दशकयता कञ्चनपुरका विभिन्न स्थानमा जंगली हात्तीले आतंक मच्चाइरहेको छ । नेपाल भारत कञ्चनपुरको पुर्नवास नगरपालिका ९ बिचफाँटा गाउँ सीमावर्ती गाउँ हो ।

६ वर्ष अघि बिचफाँटाका स्थानीय वीरबहादुर सुनारको घर पनि हात्तीले भत्काएको थियो ।

हात्तीको त्रासले सुनारको परिवारले घर छाडे । सीमावर्ती बस्तीसहित नेपालको जनजागरण समुदायिक वनको छेउ र भारतीय दुधुवा नेशनल पार्क नजिकै रहेको सुनारको घर केही वर्ष बिरानो बन्यो। उनको परिवारले हात्तीको त्रासले घर छाडेर खेतिपाती मात्रै गर्दै आएको थियो ।

हात्तीले खेतिपाती खाएपनि मानिसको ज्यान जोगिने आशले उनीहरुले घर छाडेका थिए । सुनारका आफन्त रामसिंह सार्कीले ०७० सालतिर जंगली हात्तीको बथानले घर भत्काएको बताए । ‘हाम्रो पनि हात्तीले घर भत्काएको थियो,ु उनले भने, ‘हामीसँग पैसा नभएकाले जोखिम मोलेरे बसेका छौं, वीरबहादुर अर्को गाँउमा एक कठ्ठा जमिन किनेर बसेका छन् ।’

हात्तीले घर भत्काएपछि सुनारले मर्मत गरेर छाडेका थिए । जंगली हात्तीले भत्काएको त्यही घरमा अहिले सशस्त्र प्रहरी बल बसेको छ ।

सीमा सुरक्षाका साथै अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणले बिचफाँटामा बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गरेको छ ।

शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले कञ्चनपुरमा स्वीकृत भएका १० बिओपी मध्ये बिचफाँटामा स्थापना गरिएको बताए । उनका अनुसार अहिले अस्थायी रुपमा स्थानीयकै घरमा बसेका छन् ।
‘यो केही महिनाका लागि मात्रै हो, हाम्रो भवन बनेपछि उतै सर्छन,ु सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘स्थानीयले हामीलाई अर्को विकल्प नहुन्जेल केही समयका लागि मात्रै निःशुल्क घर उपलब्ध गराएका हुन् ।’

बिओपी उद्घाटन
सो घरमा बसेको बिओपीको शनिबार उद्घाटन भएको छ । पुर्नवास नगरपालिकाका मेयर जीवनराज थापाले पुर्नवासको विचफाँटामा स्थापना हुने बिओपीलाई भौतिक पुर्वाधार र जमिन उपलब्ध गराउने बताए ।

नगरपालिकामा जनप्रतिनिधी आएसँगै पहिलो बैठकबाटै सशस्त्र प्रहरी राख्ने निर्णय गरिएको उनले जानकारी दिए । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्न हामी धेरै पटक डेलिगेशन जानु परेको थियो,ु थापाले भने, ‘सीमामा हाम्रो उपस्थिति नहुँदा अतिक्रमण र अपराध रोकथाम हुने आशा गरेको छु ।’

सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशमा प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गोबिन्द क्षेत्रीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति नहुँदा सीमा अतिक्रमण लगायत सीमा अपराध बढ्दै गएकाले त्यसलाई मध्यनजर गर्दै सरकारले बिओपी स्थापनाका लागि तदारुकता देखाएको बताए ।

बिओपीले सीमा सुरक्षा, गस्ती, सीमा अपराध न्यूनीकरण, सीमा क्षेत्रमा आउने विवाद हल गर्नका लागि भारतीय सीमा सुरक्षा बल९एसएसपी०सँग समन्वय गरेर समाधान गर्ने स्थानीय जनताको सुरक्षामा अहोरात्र खट्ने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »