सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हात्ती पाईले रोग निवारण कार्यक्रमलाई प्रभावकारी बनाइने


नेपालगञ्ज,नेपालगञ्ज उप–महानगरपालिकाले हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई नगरबासीको साथ र सहयोगका लागि प्रभावकारी बनाउने भएको छ ।
सरोकारवाला निकायको उपस्थितीमा बुधबार हात्ती पाईले तथा आम औषधी सेवन सम्बन्धि लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक गर्दै सम्पूर्ण नगरबासीले यो अभियानमा साथ दिनुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिइएको हो ।

कार्यक्रममा नगर उपप्रमुख कमरुद्धिन राईले आम औषधी सेवन अभियानमा औषधी सेवन गर्नुपर्ने एकजना ब्यक्ति पनि छुट्न नहुँने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सकारात्मक सन्देश प्रवाह भएमा अभियान प्रभावकारी हुने बताउनुभयो । ग्रामीण भन्दा सहरी क्षेत्रमा समस्या देखिएको भन्दै उहाँले अभियान गर्मी मौसममा नभई समय परिवर्तन गर्न सुझाव दिनुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्य। कार्यपालिका सदस्य बशन्त कुमार कनौजिया, महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, अधिकारकर्मी बशन्त गौतम लगायतले आम नागरिकले निर्धक्क औषधी सेवन गर्ने वाताबरण बनाउन सबै पक्षबीच नियमित सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्द्य, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल लगायतले यो अभियान सरकारी तबरबाट मात्रै सफल नहुने भन्दै सामुहिक साथ र पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
गत वर्ष संचालित कार्यक्रममा बाँकेमा ५० प्रतिशतले मात्रै औषधी सेवन गरेका छन् । बाँकेमा १२ बर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »