सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हामिले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौ


जावेद अन्सारी
नेपालगञ्ज, कोरोनाको कहर अहिले विश्वभर फैलिएको छ । के गर्नु हामीले मात्र चाहेर कोरोनाको कहरबाट उम्कन सक्दैनौँ । तर उम्कन सक्दैनौँ भनेर हेल्चेक्राई गर्न पनि त भएन ।

कोरोनाले गर्दा पुर्ण रुपमा लकडाउनमय भएको छ। ठुला ठुला मुलुक हरुपनि यसको चपेटामा परेका छन् । हामी त झन सानो मुलुकको जनता हामीलाई कोरोनाले छोएर जान थाल्यो भने हामीलाई कोरोनाको यो कहरबाट निस्कन एकदमै मुस्किल पर्नेछ ।


सरकारले हर प्रयास गरेको छ कोरोना विरुद्ध लढ्न अनि हामी नि निरन्तर यससङ्ग लढ्न आफ्नो कलम दौडाइरहेका छौँ। आफू सुरक्षित छु भन्ने मनसायले हरपल हजुरहरुको लागि सहि सूचना प्रवाह गर्न दौडिरहेका छौँ।

हजुरहरुको लागि मात्र तर दुख लाग्छ , हामीहरु अनि दिनरात सेवा र सुरक्षामा खटिने स्वास्थकर्मी , सुरक्षाकर्मिहरु हजुरहरुलाई कोरोनाको कहरले नछोओस भनेर आफ्नो ज्यान अनि घर परिवारको ज्यान जोखिममा पार्दै कोरोनाको कहर मोलिरहेका छौँ ।

तर हजुरहरु सरकारले बनाएको लकडाउन उलंघन गर्न तल्लिन हुनुहुन्छ। अनि फेरि भन्नुहुन्छ यो नालायक सरकारले केही गरेन । कति सजिलो छ, अरुलाई दोष दिन। हामी आफू दायरामा बसौँ अनि अरुलाई दायरामा ल्याउन कम्मर कसौँ ।

हामी निरन्तर सबै मिलेर कोरोनाको सामना गरौँ । हामी अनि ती स्वास्थ्यकर्मि सुरक्षाकर्मी अनि जो यो कोरोना विरुद्ध निरन्तर अभियानमा छन् । मेरो तर्फबाट सलाम छ उनिहरुलाई, जो दिनरात सेवानै तल्लिन छन् । रहरले घरबाट उनीहरु टाढिएका होइनन ।

किनकि स्वास्थकर्मि अनि सुरक्षाकर्मी सरकारको नुन खाएका छन् । घर परिवार सङ्ग बस्ने मन हुँदाहुँदै पनि निरन्तर सेवामा लगिरहेका छन् । अनि हामी राष्ट्रका चौथो अङग भनिने पत्रकार मन लाग्छ घर बस्न । तर हाम्रो कर्मले घर बस्न दिदैन किनकी हामी चाहान्छौँ ।

अहिलेको यो सन्कट घडिमा कुनैपनी नागरिकले दुःख पाउनु हुँदैन। सबैले विभिन्न तवरले समस्या मात्रै देखाउन खोज्छन् समाधान कमले मात्र गर्न सक्छ्न भन्दै यसका लागि सामाजिक सुपरिचित अगुवा ब्यक्तिहरुको आह्वान गरिदिनु खोज्छौँ। आफ्नो कलम मार्फत जो उदार मन भएका र साथ सहयोग गर्ने मनका हुन्छ्न ।

अहिलेको अवस्थामा भोको पेट भरिएको छ कि नाई भन्दै हामी निस्किरहेका हुन्छौँ। ताकी सबैले राहत पाउन कोरोनाको कहरले भोकै कोहि नपरुन अनि नमरुन भनेर आफ्नो कलम दौडाउन निस्कन्छौ। तर यहाँ आवाज बिहिन भनिएका तर आवाज निस्किए बोल्यो कि पोल्ल्यो भन्ने अटेरी टाइपका जमातले जसले लकडाउनको पर्वाह नगरी लखरलखर हिड्दै अरुको सकारात्मक कार्यको नि नकारात्मक टीकाटिप्पणी गर्दै हिडिरहेका छ्न ।

यतिबेला भनेको सामान्य परिस्थिती होइन भन्ने कुरा बुझेर भोका पेटहरु समक्ष गाँस पुराइदिने बेला हो । स्थानिय तहले गलत गर्दैछ भने हजुरहरुले गलत गर्न नदिने एकमन एक चित्त भएर कोरोना विरुद्ध लढ्ने बेला हो । यहाँहरु लगायत हामी सबैलाई थाहा छ । यो बेलामा हामी सबैले संयमित भएर यो महामारीमाथि बिजय प्राप्त गर्नु जरुरी छ ।

यदि हामी सरकारलाई अनि अरु अरुलाई दोष दिदै बरालिन थाल्यौ भने हामी कोरोनाको कहर बाट कहिले उम्कन सक्दैनौ त्यसैले यो बेला भनेको आफू नि बाच्ने अरुलाई बचाउने अनि आफू नि बाचौ अनि अरुलाई नि बचाऔ भन्दै एक ढिक्का भएर लाग्नु पर्ने बेला हो ।

अनि सरकारले बनाएको कोरोना विरुद्धको लकडाउन लाई पुर्ण रुपले पालना गर्ने सरकार, प्रतिपक्ष, नागरिक समाज सबैको साझा दायित्व पनि हो । यसो गरे मात्र हामिले चाहे कोरोनाको कहर बाट उम्कन धेरै समय नलाग्न सक्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »