सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हामी कुनै पात्र बिषेश को लहड मा ल्याईएको संस्कृति मान्न बिवश भएका त छैनौ ?

                      ज्योति लाल बन

लक्ष्मीपूजाका बारेमा अन्धविश्वास र अन्धआस्थाका सर्जक ती अत्यन्त प्रतिभाशाली स्रष्टाहरूले कुनै कालखंड को अवस्था वा घटना को प्रतिकात्मक चित्रण, कुनै पात्रविशेष को लहड वा सनकमा स्थापित वा त्यस्ता पात्रको  विशेषतामा आधारित रही अत्यन्त असाधाण, तिलस्मी र विचित्र वर्णनलाई निकै कलात्म किसिमको मिथक बनाएर मानव मनलाई दिग्भ्रमित बनाउने गरि स्थापित गरिदिए ।

 त्यस्ता अस्वभाविक र असम्भव मिथकहरूलाई अधिकांस मानवहरूले यथार्थ ध्रुवसत्य ठान्न थाले र सोहि  अनुसार जीवन र जगतलाई बुझ्न थाले । मानवको भाग्य निर्माता वा ऐश्वर्यदाता मानव स्वयम् हैन, कुनै अलौकिक शक्ति (ईश्वर, देवी देवता आदि हो  भन्ने भ्रमबाट पूर्ण विश्वस्त र चरम आस्थावान बन्न पुगे ।

 यस्तै चरम अन्धविश्वासमध्ये को एउटा हो लक्ष्मी पूजा पनि। मान्छे कसरी सम्वृद्ध र ऐश्वर्यशाली बन्न सक्छ ? निकै पराक्रमी, आर्थिक उत्पादन को विकासमा उच्च  कौशलता र सीपले युक्त, अत्यन्त मिहिनेती, कुशल व्यवस्थापक, कुनै गलत कर्म र कुलतरहित बनेकाहरूआफ्नै मिहिनेत र प्रतिभाका कारण सम्वृद्ध र ऐश्वर्यशाली बन्न सक्छन् ।

 तर एसरी सम्वृद्ध बनेकाहरू निके कम मात्र हुन सक्छन् । तर मानवसमाजमा सम्वृद्ध र ऐश्वर्यशाली बनेका अधिकांशहरूले त्यस्ताे इमान्दारी नैतिक आचरण को विधि अपनाएका हुदैनन् ।

 यस्ताहरूमध्ये कतिपय राज्यसत्ता को कुनै न कुनै निकयमा रहेर राज्यकोषको दुरुपयोग, भ्रष्टाचार आदिजस्ता आर्थिक अपराधमा संलग्न रहेका हुन्छन् । अनि अर्काथरीले चाहीँ श्रमजीवी, सोझा, विपन्न र इमान्दार जनताहरूलाई विभिन्न प्रकारले शोषण उत्पीडन गर्छन्, जालझेल, ठगीलगायतका नाना खाले खुराफाती गरेर सम्पत्ति थुपारेका हुन्छन् ।

 मूलत : यी दुइटा विधिबाहेक सम्वृद्धिको अरू उपाए छैन । तर अन्धविश्वासग्रस्त मानिसहरू आज को रात ‘धनधान्यकी देवी’ कहलाइएकी लक्ष्मी को पूजाआराधना गर्छन्, द्वीप प्रज्वलन गरेर लक्ष्मीलाई आफ्नो गृहप्रवेशका लागि बाटो सहज बनाई दिन्छन् , विभिन्न मिष्टान्नसहित फलफूलहरूसजाएर, शुवासित धुपबाट सुगन्ध फैलाएर र घरलाई सफासुग्घर र झकिझकाउ बनाएर लक्ष्मीलाई रिझाउने प्रयास गर्छन् ।

 अनि कठै ! यसो गरेर लक्ष्मीले आफूलाई धनधान्य बनाइदिने सपनाहरू बुन्न थाल्छन् । यस्तो अन्धविश्वासयुक्त जनमानसिकताप्रति सहानुभूति प्रकट गर्नुबाहेक अरु के नै गर्न सकिन्छ र !

 

भर्खरै

सम्बन्धित खबर

Language »