सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हामी विश्व युद्धमा होमिएका छौँ

विनोद जंग रायमाझी: काभ्रे

यसो भन्दा तपाईंको प्रश्न हुन सक्छ खै सेनामेना ? खै मिसाइल ? खै युद्ध पोत ?अनि खै बम बारुद पट्किएका ?

यो युद्धमा तपाई केही देख्नु हुन्न , केही सुन्नुहुन्न तर तपाईंले थाहा पाउने कुरो के चाहि हो भने यो युद्धमा विश्व मानव समुदाय दिनरात लडाइँमा सहभागी भै आफ्नो अस्तित्व रक्षाको लागि लडिरहेको छ । यो लडाइँ धेरैले सहादत प्राप्त गरिसके , कति लडाइँमा घाइते फोक्सो लिएर विस्तारामा अन्तिम युद्ध लडिरहेका छन ।

तपाईं ,म र हामी सबै मानव अस्तित्व रक्षाको लागि आज युद्धका कमाण्डरहरु डाक्टर र नर्सहरु सहिद भै सकेका छन् । सम्पूर्ण मानव जिवनको चाहाना छ, हामी र हाम्रा जिवाहरु अस्तित्वमा रहि रहुँन । यो विश्व युद्ध जीवाणु र मानव बीचको युद्ध हो । जुन युद्धमा एकातिर नोबेल कोरोना भाइरस (COVID -19) हाम्रो परम शत्रु बनेर मानव सम्प्रदाय माथि अदृश्य युद्ध गर्दै छ।

हामी सम्पूर्ण मानव जाति त्यसको बिरुद्ध आफ्नोतर्फबाट हामी सबै लडिरहेका छौ । यो अदृश्य कीट बिरुद्दको लडाइँ हो । सोच्नुस् तपाईं यो किटको बिपक्षी सिपाही हुनुहुन्छ । यो लडाइँ तपाईंको जित अवस्य छ । तर तपाईले युद्धको रणभुमीमा आत्मा समर्पण गर्नु भयो भने तपाईं मात्रै सकिनु हुन्न । तपाईं जस्तो हजारौं लाखौं र सिंगो मानव समुदायको अस्तित्व नै मेटिन सक्छ । यो युद्धको छुट्टै नियम छ । जुन तपाईं युद्धको सिपाही भएका नाताले पालन गर्नै पर्ने हुन्छ । त्यसैले यी नियमहरु पालना गरौं र गराउ ।


[ 1] सावुन पानी वा सेनेटाइजरले बारम्बार हातगोडा धुने ।
[ 2] सामाजिक दुरि कायम राख्ने ।
[3 ] रुघाखोकी वा हाछ्युउ गर्दा हातले वा सफा कपडाले मुख ढाक्ने ।
[4 ] भिडभाड सके सम्म नजाने वा जानुपरेमा माक्स ,पन्जा लगाउने र सुरक्षाको विधि अपनाउने ।
[5] उच्च जरो र सुख्खा रुघाखोकी लागेमा नजिकैको स्वास्थ संस्था सम्बन्धित निकायमा सम्पर्क गर्ने ।
[6] स्वास्थ्य लाई ध्यानमा राख्ने र पौष्टिक अाहार र व्यायाम गर्ने ।
[7] आफू पनि स्वास्थ रहने र गाउँ छिमेक राष्ट्र र अन्तरास्ट्रिय स्तरमा स्वस्थ्य रहने सन्देश फैलाउने ।

यी माथिको बुदाहरु मानव सम्प्रदाय रक्षाका लागि र भाइरस विरुद्धको लाडाईमा मानवले किटाणुलाई पराजित एक वा अन्तिम विकल्प हो । यो युद्ध हामीले इतिहासमा पढे जस्तो देश र देश बीचको युद्ध , धनी र गरि्ब बीचको युद्ध , सामन्ती र सर्वहारा , पुजीवादी र श्रमजीवी वर्ग बीचको युद्ध हुँदै होइन । यो त मानव जातिको युद्ध हो । मानव सभ्यताको युद्ध हो र मानव अस्तित्व रक्षाको युद्ध हो त्यसैले तपाईंको भावि सन्ततिको लागि भए पनि तपाईंले युद्ध जित्नै पर्ने हुन्छ ।

यो युद्धमा तपाईं आफ्नै घरमा क्वारेन्टाइन्मा बसेर गर्ने युद्ध भएकाले सजिलै जित्न सक्नु हुनेछ । त्यसैले आफ्नै घरमा सुरक्षित भएर बस्ने युद्ध नियम भएकाले यो नियमलाई पालन गरि युद्ध विजेता बन्न सक्नुहुनेछ । यदि तपाईंले यो नियम अबज्ञा गर्नु भयो भनी सोच्नुस तपाईं यसै नि हार्नु हुन्छ तपाईं संगसगैं तपाईंको आफन्त छरछिमेक , राष्ट्र र विश्व मानव समुदायलाई हार्न बाध्य बनाउनु हुन्छ । त्यसैले मानव अस्तित्व रक्षाकालागि तपाई्को कर्मले मुख्य भुमिका खेल्ने भएकाले सचेत र सजक बनौं । तपाईंको कु कर्मले करोडौं संख्या मानवीय क्षति र हजारौं संख्यामा स्वास्थ्यकर्मी सहिद हुन नपरोस् ।

                  स्वास्थ्य रहनुहोस समयलाई सहि सदुपयोग गर्नुहोस  जय देश जय मातृभूमि 

भर्खरै

सम्बन्धित खबर

Language »