सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाम्री आमाः निर्मल बन्जारा

आमा ! हजुर भएर पो हामी भएका हौं ।।
हजुर कै मातृ बात्सल्य मै हामी रहेका छौं ।।

नौ महिना सम्म गोदमा बोकेर डुल्नु भो ।
हाम्रै लागी सारा दुख र पीडा भुल्नु भो ।।

डोकाको भारी माथी बोकेर मातृ ममता दिनु भो ।
बिरामी होस वा नहोस संधै चिन्ता लिनु भो ।।

कष्ट गरि गरि हुर्काउनु भो बढाउनु भो ।
संघर्ष गरि गरि हामीलाई पढाउनु भो ।।

दुख वा बिमार पर्दा देबि देवता भाक्नु भो ।
हाम्रै सुस्वास्थका लागि धामी बा लाई डाक्नु भो ।।

आफ्नो मन भरिको मायां हामीलाई नै खनाउनु भो ।
हजुर कै मायां र ममताले नै गरि खाने बनाउनु भो ।।

आमा ! हजुर भएर पो हामी बांचेका हौं ।
आमा ! हजुर हुनुहुन्छ र पो हामी हांसेका छौ ।।

    (सम्पुर्ण आमाहरु प्रती समर्पित )

भर्खरै

सम्बन्धित खबर

Language »