सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“हाम्रो सद्भाव,पबित्र परोपकारी बिचारले कोरोना जीत्न सकीन्छ”

  • शम्भु उप्रेती

(सशश्त्र प्रहरीबल पुर्व वरीष्ठ उपरीक्षक )

मानिसको दिमाग़ी क्षमता लाई बिचारले प्रभावित गर्ने र बिचार तत्कालिन अबस्थामा आफुले अनुभुति गरेको सोचाई र परीस्थितीजन्य अबस्थामा भरपर्ने रहेछ । पहीला मानव बनौ !अनी नेपाली हौ त्यस पछी बल्ल हामी जे जस्तो हैसियत, पद, प्रतिस्ठा र औक़ात को कुरा सोचौ ।जीबन अमुल्य र एकपटक मात्र पाईने ईश्वरको सृस्टी मात्र हो ।

हुनत मानव यस्तो प्राणी हो जो हमेशा आफ्नो स्वार्थ र भलाई लाई प्राथमिकता दिने गर्छ। आफ्नो प्रसंशक र समर्थकको बढीनै अपेक्षा गर्ने त्यो नभए कुनै तरीकाबाट बदलालिने या उ प्रति अनुदार बन्ने स्वभाब पाईन्छ ।नेपाली राजनैतिमा यस्तो सृखलाहरु को नया नया संस्करण हरु अझै कति बिनास निम्त्याउदै आउदै गर्ने पक्कै छ जब नैतिकता र आदर्श बिनाको राजनैतिक नेतृत्वहरुमा अहंकार र दम्भ रहीरहन्छ। अकर्मण्यता ! किंकर्तव्यविमूढ़ !!

-भो अब राजनैतिक बहस र समर्थन बिरोध प्रति नज़र अन्दाज गरौ त्यो केवल हामिले निर्बाचित गरी पठाएको जन प्रतिनिधि हरुको कुटील चाल र घृणित पेशानै रहेछ भनेर सोचौ ।

अब ढीलो नगरौ ! अन्यथा पछुताउनुको र आफु लाई धीक्कारनु को बिकल्प छैन । हामि देश बिदेसमा रहेको तमाम नागरिक समाज एकजुट बन्दै केवल मानविय पिडाबोध प्रतिको सम्मानमा कोही योगदान गरौ,सचेत बनौ बनाऔ, बोलौ,लेखौ या सत्कर्ममा निरन्तरता दिदै गरेको महानुभाव हरुमा हौसला सहयोग साथ दिदै यस पटकको बिध्वसकारी केरोना संक्रमण बाट बच्न र बचाउन अनी आफ्नो ज्यान भन्दा पिडीत बिमारी हरुको सहयोगमा अहोरात्र खटेका स्वास्थ्यकर्मि र अन्य सरोकार राख्ने माहानुभाब हरु को हौसला बढ़ाई वाहा हरु प्रति नमन गरौ ।

 दैनिक यती धेरै संख्यामा हाम्रा अग्रज, आफन्तजन र नेपाली जनताहरु को अकालमै मृत्यु को निरन्तरता लाई केही हद सम्म रोक्न र राज्यको प्रयास लाई सार्थकता दिन लागी परौ ।यही नै बास्तबमै आजको बिषम महामारी बाट सिक्न सकिने पाठ हुनेछ । मानविय पिडाबोध प्रतिको सम्मान !

 ऐले पनि मानविय पिडाबोध प्रतिको सम्मान र गम्भीर नबने कहीले बन्ने ? आआफ्नो बिचारमा शान्त गम्भीर र धैर्यता पूर्वक सोचबाट प्रेरित बनि आदर्श र सहयोगी, मनकारी स्वभाब बाट अरु पिडाले छटपटीमा परेका सहाराहिन मानिस प्रतिको पिडाबोध लाई आत्मासाथ गरौ र आफु जस्तै मानव हुनुको दायीत्वबोध, मनन गरौ ।यही र यस्तै सोच दिमाग़मा भरौ स्वतह हामि मानव हुनुको गौरब र दायीत्वबोध हुनेछ ।अनि यस्तो संसार भर आतंक को हावा हुरी मडारीएको अनिस्ट को दुश्चक्र बाट बच्न र बचाउन सक्षम हुने छौ ।

राज्यको जीम्बेबार तहमा रही बेपर्बाह मनोमानी गर्ने खास गरी नेतृत्व र उनिहरुमा घृणा र समस्या बढाउन उद्धतहरु प्रति को घृणा र सचेतना बढाउने अनी उनिहरुको दायीत्वबोध गराउने सत्कर्ममा लागिरहने पत्रकार महानुभाव हरु प्रति सम्मान गरौ । कोरोना पिडीत हरुको शिघ्र स्वास्थ्यलाभको कामना ईश्वर संग गरौ आफु बाचौ र बचाऔ ।सायद यस्तो महाबिपतमा प्रकृतिले सर्बोच्च स्थानमा रहेको मानिस हरुको भावनाको परीक्षा पनि लिईरहेको पनि हुन सक्छ । जय नेपाल आमा !

भर्खरै

सम्बन्धित खबर

Language »