सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालसम्म कोरोनाका कारण विदेशमा १९२ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो ।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।

तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »