सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालसम्म विदेशमा अलपत्र ४ हजार २१७ नेपालि स्वदेश फिर्ता

काठमाडौँ / असार ८

कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड उडानमार्फत आइतबार स्वदेश आइपुगेका हुन् ।आइतबार कतारको दोहा, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबाट गरेर ७१२ नेपाली नागरिक स्वदेश आइपुगेका हुन् ।

साउदी अरब र कतारबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान र यूएईबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानले स्वदेश फिर्ती गरेको हो भने कुवेतबाट कुवेत सरकारले नै व्यवस्था गरेको जजिरा एयरलाइन्समार्फत नेपाली नागरिक स्वदेश आइपुगेका हुन् । कतारबाट १४९, कुवेतबाट १६६, यूएईबाट १५१ र साउदी अरबबाट २४७ जना स्वदेश फर्किएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

आजसम्म विभिन्न देशबाट ४ हजार २१७ नेपाली फर्किएका छन्। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन अनुमति दिएपछि चार हजार २१७ जना फर्किसकेका हुन् । कोरोना सङ्कट व्यवस्थापन समितिका अनुसार गएको जेठ २३ गतेदेखि असार ७ गतेसम्म विभिन्न १२ देशबाट भएका ३२ उडानमार्फत त्यो सङ्ख्याका नेपाली स्वदेश फर्किएका हुन् ।

हालसम्म कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) मलेसिया, कतार, मालदिभ्स, दक्षिण कोरिया, बङ्गलादेश, ओमान, थाइल्यान्ड, सिङ्गापुर, जापान, श्रीलङ्काबाट नेपाली फर्किएका छन् । नेपाल सरकाले कोरोनाका कारण विभिन्न ३० देशमा अलपत्र परेका २४ हजार १४८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याउने सूची सार्वजनिक गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »