सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हास्य कलाकार बुद्धि तामाङ शुष्मा सुब्बाको प्रेममा

काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ लिम्बु समुदायको विवाहमा जादा शुष्मा सुब्बासँगको मायामा ढुबेको छन् । विवाहमा जिस्कनु, ठट्टा गर्नु सामान्य हो तर हास्य कलाकार बुद्धि तामाङले साँच्चिकै माया लगाउन खोजको थियो तर हेम राजले बाधा पु¥याउदा बुद्घि तामाङको इच्छा अधुरो रहेको छ ।
यो नेपाली मौलिक कथानक चलचित्र “घरजम”को म्यूजिक भिडियो शिरबन्दी च्याट्टै बोलको गीतको दृश्य हो ।

यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदिको अभिनय रहेकोछ ।

लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीतमा तयार भएको गीतमा कुशल थलङको स्वर सुन्न सकिन्छ ।
छायांकन युवराज राइले गरेका छन् भने गीतको कोरियोग्राफी दिनेश माङमुले गरेका हुन् ।

रोमियो फिल्मस् प्रा।लि।को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । मौसम लिम्बुले निर्देसन गरेको उक्त फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।
यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

३१ औँ बैबाहिक बार्षिक उत्सब संगै रोमियो फिल्मस् प्रा.लि. को अफिस पनि अनामनगरमा उद्घाटन भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »