सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिमालय एयरलाइन्सका एक विदेशी पाइलटलाई कोरोना पुष्टि

काठमाडौँ, १७ असार
हिमालयन एयरलायन्सका एक जना पाइलटलाई कोरोना संक्रमण देखिएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोना पुष्टि भएको हो ।

हिमायल एयरलायन्सका अनुसार कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक रहेका छन् भने उनलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।

हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन समेत रहेका उनलाई कोरोना संक्रमण देखिएसंगै उनीसँगै उडेका अन्य चालक दलका सदस्यको पनि स्वास्थ्य जाँच गरिएको थियो तर उनी बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको एअरलाइन्सले जानकारी दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »