सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘हुतुतु’को नायिकामा साम्राज्ञीलाई अफर

काठमाडौँ। फिल्मी पारिवारीक माहौलमा हुर्किएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह एक समय नेपाली चलचित्रमा महंगी नायिकाको रुपमा पहिचान बनाएकी थिइन् ।

पहिलो फिल्मबाट सफलता हासिल गरेकी साम्राज्ञी पछिल्ला समयमा भने कुनै फिल्ममा हस्ताक्षर गरेकी थिइनन् ।

गएको वर्ष नायिका सामाज्ञीले ‘रातो टिका निधारमा’ फिल्ममा अभिनय गरेपछि कुनै फिल्ममा देखिएकी छैनन् ।

अब भने नयाँ फिल्ममा अभिनय गर्ने सुरमा छिन् । अहिले उनलाई ‘प्रेमगीत’ सिरीज निर्माण टोलीले बनाउने फिल्म ‘हुतुतु’ मा अफर गरेको छ ।

सन्तोष सेन र छेतन गुरुङले सयुक्त रुपमा निर्देशन गर्ने ‘हुतुतु’ फिल्ममा गौरव पहाडी, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेतको मुख्य अभिनय रहनेछ भने साम्राज्ञी एक मात्र अभिनेत्रीको रुपमा हुनेछिन् ।

साम्राज्ञीलाई कथावस्तु र आफुले गर्नुपर्ने रोल मन परेपनि काम गर्ने नगर्ने निर्णय भने गरेकी छैनन् । उनले एक महिना अगाडी मात्र एक फिल्ममा हस्ताक्षर गरेकोले समय व्यवस्थापन गर्दै छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »