सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हुम्लाको नेप्का गाउँमा पहिलोपटक टेलिफोन सेवा

हुम्लाको चंखेली गाउँपालिका-५ को दुर्गम नेप्का गाउँ सञ्चारसँग जोडिएको छ । सञ्चारसँग जोडिएपछि नेप्काबासीहरुको टेलिफोनमा कुराकानी गर्ने सपना पुरा भएको छ । 

सञ्चार सेवा नहुँदा यहाँका स्थानीय  एक दिनको पैदल हिँडेर चंखेली गाउँपालिकाको केन्द्रमा पुगेर आफन्तसँग फोन गर्नुपर्ने बाध्यता थियो । अब यो बाध्यता हटेपछि गाउँमा खुसी छाएको छ । 

दुर्गम गाउँमा फोन सेवा नहुँदा गाउँपालिका केन्द्र धाउनु पर्ने बाध्यता हटेको चंखेली गाउँपालिका–५ का वडाध्यक्ष भैरव तामाङले बताए ।  गाउँमा टेलिफोन चल्न थालेपछि  स्थानीय खुसी भएको वडाध्यक्ष तामाङले बताए ।  

साउन महिनामा नेपाल टेलिकमले टावर जडान गरेपछि स्थानीयबासीहरु घरघरबाटै आफन्तसँग कुरा गर्न थालेका छन् । स्थानीय दानबहादुर तामाङले खुसी हुँदै भने, ‘घरबाट आफन्तसँग कुरा गर्ने सपना लामो समयपछि पुरा भयो ।’

लामो प्रयासपछि बल्लतल्ल नेप्का गाउँमा नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेको छ । टेलिकमले आफ्नो सेवा विस्तार गरेसँगै नेप्का गाउँका ६० घरधुरी  सञ्चारसँग जोडिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »