सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होटलमा महिलालाई बलात्कार गरि फरार पुरुष आठ महिनापछि पक्राउ

काठमाडौं। मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा एक महिलालाई बलात्कार गरेर भागेका पुरुष आठ महिनापछि पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका-१ हलगडाका ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारीलाई प्रहरीले घटनाको लामो समयपछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुन्दरहरैँचाको पिनाकी होटलमा २०७६ साल माघ ११ गते २६ वर्षीया महिलामाथि बलात्कार गरेर उनी फरार भएका थिए। काम लगाइदिन्छु भन्दै नजिक्याएर र प्रलोभन देखाएर उनले महिलामाथि बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

महिलाले प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि फरार भएका अन्सारीलाई इटहरीस्थित घरमा आएको मौका छोपेर प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाएको छ । अन्सारी फरार भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्न पाएको थिएन।

भर्खरै

सम्बन्धित खबर

Language »