सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होटेल मजदुरलाई वैशाखदेखि पुससम्म न्यूनतम तलब दिने सहमति

काठमाडौँ / ३० असार ।
होटेलमा कार्यरत मजदुरहरूले साढे आठ महिना होटेलको स्तरअनुसार न्यूनतम तलब पाउने भएका छन् ।

होटेल संघ नेपाल (हान) र मजदुर संगठनबीच ननस्टार होटेलदेखि पाँचतारे होटेल डिलक्समा काम गर्ने मजदुरसम्मलाई वैशाखदेखि पुसको दोस्रो सातासम्म न्यूनतम तलब दिने सहमति भएको हो ।

सहमतिसँगै मजदुरहरूले वैशाखदेखि पुस दोस्रो सातासम्म ४ हजार ३ सयदेखि १० हजार रुपैयाँसम्म मासिक तलब पाउने भएका छन् ।

हान र अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटेलसम्बद्ध श्रमिक संघबीच सहमति भएकोे हो ।

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण धराशायी भएको होटेल क्षेत्र गत वैशाखमा व्यवसायीहरूले बन्द गर्ने घोषणा गरेका थिए । होटेल बन्द गरेसँगै व्यवसायीले न्यूनतम तलबको १२.५ प्रतिशत अर्थात् १ हजार ६ सय रुपैयाँ मात्रै दिने निर्णय गरेका थिए । तर, मजदुर संगठनले अस्वीकार गरेसँगै विवाद बढ्दै आएको थियो ।

कोभिड–१९ का कारण होटेल क्षेत्रमा काम गर्ने ७ लाखभन्दा बढी बेरोजगार भएको अनुमान गरिएको छ ।

कोभिड–१९ का कारण होटेल क्षेत्रको मात्रै १ खर्बभन्दा बढी गुम्ने अनुमान गरिएको छ । व्यवसायीहरूले अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुलाएर आउने सिजनमा बाँकी रहेको २० प्रतिशत पर्यटकको बुकिङ नेपाल ल्याउनुपर्ने बताउँदै आएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »