सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होली खेलेर नदीमा नुहाउँदा १५ को डुबेर मृत्यु

होली मनाएर नदिमा नुहाउने क्रममा डुवेर १५ जनाको निधन भएको छ । भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डु बेर निधन भएको हो । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको निधन भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानिय प्रशासनले अघिल्लो वर्षका होलीमा भने नदी र तलाउमा नुहाउन रोक लगाएको थियो । होली सकेर नदी र तलाउमा नुहाउने क्रममा धेरैको ज्यान गएको घटना सार्वजनिक हुन थालेपछि स्थानिय प्रशासनले रोक लगाएको हो । यो वर्ष पनि प्रशासनको आदेश नमानेर नदी र पोखरीमा नुहाउन गएकाहरुको डुवेर निधन भएको हो ।

होली मनाउने क्रममा जाँड रक्सी खाएकाहरु नुहाउने क्रममा दुदुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । कटकका जिल्ला कलेक्टर भवानी शङ्कर चयनीले यो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन् । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »