सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हो म त्यसैले राष्ट्रवादी भएँ

देबेन्द्र महर्जन


(काठ्माण्डौको बालाजु माछापोखरी कुमारीस्थानका स्थाई वासिन्दा कडा ब्यबहार र मिजासिलो स्वभावका देबेन्द्र महर्जन केहि दिन अगाडी मात्र पन्चायती काल देखिकै प्रभावशाली नेताको रुपमा परिचित राष्ट्रीय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट को अभियानको केन्द्रिय अभियन्तामा स -सम्मान मनोनित भएपछी सारा खबर डट कम का प्रतिनिधि संग गरिएको कुराकानीको केहि अंश)


२०४६ सालमा बहुदल आएपछी एस. एल. सि. दिएका देबेन्द्र महर्जनले पन्चायती राजनितिको पनि केहि अनुभव गर्न पाएका रहेछन । अरु याद नभएपनी भारत ले नाकाबन्दी लगाएपछी प्लेन बाट नुन ल्याएर नेपाली लाई वितवरण गरेका मरिचमानको देश प्रतीको मायाँलाई आफुले वास्तविक राष्ट्रवादको अर्थमा बुझेको उनले बताएका छन् ।


२०४८ सालको चुनाव ताका कम्युनिष्ट र काँग्रेस दुबै पक्षका स्थानिय नेताहरु घरमै आएर एक ले अर्का लाई तथानाम गाली गरेर आफ्नो पक्षमा मतदान गर्न उक्साए पछी कन्फीयुज राजनैतिक प्रभाव परेको उन को दिमाग मा आजसम्म कुन चाहिँ पाटी सहिहो भन्ने यथार्थता घुस्न नसकेको उनको कथन छ ।


लामोसमय सम्म आफ्नै ब्यापार ब्यबसाय मा मात्र ब्यस्त भएका महर्जनको जिवन मा अनौठो अनौठो अनुभव हरु रहेको हामिलाई स्मरण गराए । अरुले भनेकै भर मा कम्युनिष्ट हरु राम्रा हुन्छन भनेर प्रगतिशिल धार लाई नै अहिलेसम्म सपोर्ट गरी रहेको उन को तर्क छ ।


साथीले माओवादी हेर्न जाउँ भनेर जाँदा आफु जस्तै मान्छे लाई माओवादी भनेर देखाए पछी हैट हामिजस्तै पो रैछ भनेर फर्किएको रमाईलो अनुभव सुनाए ।


२०६४ को चुनाव मा साथी हरु कै भनाईमा लागेर माओवादी लाई नै भोट हालेको उन लाई चुनाव जितेको केहि समय पछी त्यस क्षेत्र को निर्वाचित शभासद हिसिला यमी को भेटमा नमस्कार गर्दा यमी ले साथिलाई झिंगु मनु ख कि मखु भनेर सोधे पछी यि नेता हरु प्रती अझ बितृष्णा बढे को बताउछन् ।” मलाई के थाहा माओबादी हुन लाई हात उठाएर अभिवादन गर्नु र हात मिलाउनु पर्छ भनेर साथीले पनि केहि सम्झाएन ” उन ले अलि गम्भिर हुँदै भने ।


हिसिला यमी प्रतीको बितृष्णाले पुरै माओवादी प्रती नकारात्मक बनेका महर्जन ले गत चुनाव मा भने त्यही का स्थानिय वासी तथा उन को संगै हिडडुल गर्ने छिमेकी समेत रहेका वर्तमान शहरी बिकास राज्य मन्त्री रामबिर मानन्धर लाई साथ दिएका थिए । मानन्धर ले पनि चुनाव जितेसंगै उहि अरु नेताले झै ब्यबहार देखाउअन थाले पछी अब कसैलाई पनि सपोर्ट नगर्ने भन्दै मौन बसेका महर्जन फेरी गुठी आन्दोलन बाट आफ्नो समुदाय को हित को आन्दोलन मा होमिएका थिए ।

पछिल्लो समय सडक बिस्तार को मुद्धामा सकृय रुप मा लागिरहेका महर्जन ले अब यो देश मा रहेका कुनै पाटी दल का नेता कार्यकर्ता ले देश को लागी केहि गर्न नस्क्ने निश्कर्श निकाल्दै आफु राष्ट्रवादी आन्दोलन मा होमिएको प्रतिकृया दिएका छन । चुनाव मा उठ्ने बारेमा प्रश्न गर्दा उनले अब आउने चुनावको तयारी कस्तो हुन्छ त्यस्को आधारमा निर्णय लिने बताउदै आफु चुनावमा उठ्दा आफैले जित्ने सम्भावना नरहेपनी जित्ने लाई हार्ने र हार्ने लाई जिताउने क्षमता राख्ने बताएका छन् ।


अबको नेपालीहरुको चाहना भनेको सर्वधर्म सह-अस्तित्व सहितको हिन्दूरास्ट्र तथा संबृद नेपाल भएको सत्यता लाई अस्विकार गर्ने सबै पाटी र नेता लाई जनाताहरुलेनै ठेगान लगाउने भन्दै उनले प्रतेक नेपाली ले उत्पादनको काम मा जोडिएर आत्मनिर्भर बनेर मात्र राजनिती मा लाग्न सुझाव दिएका छन् ।

राजासहितको लोकत्रन्त्रको बिषयलाई जनमतसंग्रह द्वारा टुङ्ज्ञाउनु पर्ने उनको धारणा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »