सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्रेन्जेन दोर्जे क्रसर दर्ता प्रक्रिया नै अवैधानिक, प्रसाशन, स्थानीय तह, नेता देखि सांसद मौन


काठाडौं २६ जेठ । काभ्रेको तेमाल गाउँपालिका वडा नं १ सस्र्यूंखर्कमा संचालन भईरहेको ह्रेन्जेन दोर्जे क्रसर दर्ता प्रक्रिया नै अवैधानिक भएको पुष्टी भएको छ ।


प्रसाशनसंगको मिलोमतोमा अवैधानिक रुपमा दर्ता भएको ह्रेन्जेन दोर्जे क्रसर उद्योग प्रालिले गरेको दादागिरीप्रति प्रहरी प्रसाशन स्थानीय तह, र नेता देखि सांसदसम्म मौन रहेको छ ।

उद्योगले अवैधानिक रुपमा ढुङ्गा खानी संचालन, वन फाडनी,खानेपानीको मुहान तोडफोट, बोहाेरे दोभान पच्वरघाट ठूलोपर्सेल जाने सडकमार्ग परिवर्तन गर्दा समेत संघीय सांसद गंगाबहादुर दोङ, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय नेताहरु सबै मौन रहेकोले मोटो रकमको सेटिङ्ग र मिलोमतो रहेको भन्दै स्थानीय सर्वसाधारण आक्रोसीत बनेका छन् ।

”ह्रेन्जेन दोर्जे क्रसर उद्याेग” जिल्ला समन्वयन समितिको अध्यक्ष उद्धव के.सी.को नेतृत्वमा गठित अनुगमन टोलीले मापदण्ड भन्दा बाहिर रहेको हुनाले बन्द गर्नका लागि तेमाल गाउँपालिका र काभ्रे जिल्लाको प्रहरी प्रसाशन लगाएतका निकाएलाई निर्देशन दिएको तथ्य सार्वजनिक भइसकेको छ । यसै विषयमा जिल्ला समन्वयन समितिका अध्यक्ष उद्घव के.सी.लाई किन कार्वाहीको प्रकृया रोकिरहेको छ र ? भनेर प्रश्न गर्दा आन्तरिक समस्या अथवा मिलेमत्तो भएको कारणले नै रोकेको हुन सक्ने उहाँले सारा खबरलाई जानकारी दिनु भयो ।

पूर्व उद्योग मन्त्र लेखराज भट्टले अनुगमन टोलीको प्रतिवेदनलाई अध्ययन नगरी थप एक वर्षको अवधी थपिदिएको कारणले पनि क्रसर उद्योग स्रचालकको मनोबल वृद्धि भएको जानकारी प्राप्त भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »