सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ह्वाट्स एपले आफ्नो डाटा फेसबुकलाई सेयर नगर्ने बताए

हालसालै ह्वाट्स एपले प्रयोगकर्ताहरुको डाटा फेसबुकसँग सेयरिङ गरिने जानकारीले यसको प्रयोगकर्ता ह्वात्तै घटे र ह्वाट्स् एपको यस कदमले व्यक्तिगत सुरक्षा खतरामा पर्ने भनी यसको आलोचना पनि भयो । अब भने ह्वाट्स एपले प्रयोगकार्ताको डाटा फेसबुकसँग सेयर नगर्ने भनी नयाँ नीति ल्याउन लागेको छ ।

ह्वाट्स एपले १७ जनवरीआइतबार बिहान प्रयोगकर्ताको ह्वाट्सएप स्टाटस सेगमेन्टमा एक स्टाटस् सन्देश जारी गरे । त्यसमा ह्वाट्सएपले आफू प्रयोगकर्ताको प्राइभेसीका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ । ह्वाट्सएपले प्रयोगकर्ताका व्यक्तिगत म्यासेज पढ्न नसकिने र मेसेजहरु एण्ड टू एण्ड एन्क्रिप्टेड हुन्छन् भनी बताएको छ । प्रयोगकर्ताको शेयर भएको लोकेसन नदेखिने र ह्वाट्सएप प्रयोगकर्ताका कन्ट्याक्टहरु फेसबुकसँग शेयर नगरिने पनि उल्लेख गरिएको छ ।

यसअघि ह्वाट्सएपले एपको माध्यमबाट प्रयोगकर्तालाई एक नोटिफिकेसन पठाउँदै प्राइभेसी नीतिमा परिवर्तन गर्न लागेको र फेब्रुअरी ८ सम्म अपडेटमा सहमति नजनाएमा ह्वाट्सएप चलाउन नसकिने जनाएको थियो । त्यसपछि ह्वाट्स एपको यस कदमको आलोचना गर्दै एकाएक प्रयोगकर्ताहरु घटे । त्यसै कुरालाई मध्यनजर गर्दै ह्वाट्स एक ट्वीटमार्फत् उक्त गोपनीयता नीतिको अपडेटलाई आगामी मेसम्मका लागि स्थगत गरहेको घोषणा गरेको थियो । साथै कुनैपनि प्रयोगकर्ताका ह्वाट्सएप अकाउन्ट डिलिट वा सस्पेन्डसमेत नगरिने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »