सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१० अर्बको हिसाबको होइन, कोरोनाको चिन्ता गर्न सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना नियन्त्रण तथा उपचारमा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब खोज्ने बेला नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले अहिले कोभिड-१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरे । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न पनि आग्रह गरेका छन् ।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १० अर्ब खर्च भएको विषयमा हिसाब मागेको थियो । प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत हिसाबले आउने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानन्त्री ओलीले भने, ‘आफ्नो एउटा प्रणाली छ । केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ । अनि दिनैपिच्छे लेखा परीक्षण हुँदैन । अहिले सबै काममा बढी केन्द्रित भएका छन् ।’

उनले अघि भने, ‘अहिले १० अर्बको हिसाब खोज्ने होइन, कोरोनाविरुद्ध केन्द्रित हुने बेला हो ।’

यदि कतिकतै अनियमितता भएको भए छानबिन गर्ने र दोषी पाइए कारबाही प्रधानमन्त्री ओलीले गर्ने बताए । उनले अहिले काम गरिएकोहरुलाई शंका गर्नु उपयुक्त नहुने पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए, अलिकति रकम पाउनासाथ अनियमितता गरे भनेर आशंका गर्नुपर्ने स्थिति होइन ।’

भर्खरै

सम्बन्धित खबर

Language »