सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१३ वर्ष अघि इँटाभट्टामा मान्छे जिउदै जलाएको घटनामा थप एकजना पक्राउ

जनकपुरधाम / १८ असार
रौतहटमा इँटा उद्योगमा जिउँदै मान्छे जलाएको १३ वर्षअघिको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राजपुर नगरपालिका– ६ का ३४ बर्षीय शेष सरोज भनिने शेष सराजलाई बिहीबार बाराको सिम्रौनगढ नगरपालिकाको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो।

पक्राउ परेका सराजले कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जना जतिलाई बोरामा राखी ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको सिंहले बताउनु भयो ।सरोजलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको छ ।

उक्त घटनाको मुख्य योजनाकार मानिएका कांग्रेस नेता आलम अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् ।

प्रहरीका अनुसार २०६४ चैत २८ गते हुने संविधानसभाको चुनावलाई लक्षित गरी आफताव आलमले आफ्ना काका शेख इन्द्रिसको घरमा चैत २७ गते बम बनाउन लगाएका थिए । त्यस क्रममा क्रममा बिस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसमेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । मृत्यु भएका र घाइते सबैलाई नजिकैको इँटाभट्टामा हालेर जलाएको प्रहरीको भनाइ छ ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले जेठ २४ मा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ बर्षीय मुक्ति शाहलाई पक्राउ गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »