सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१४८ नेपाली बोकेर युएईबाट काठमाडौंका लागि उड्यो नेपाल एयरलाइन्स

युएई । युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए।

कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।

नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।

युएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गराएको छ । युएई सरकारले व्यवस्थित तरिकाले कोरोना परीक्षण गराएकोप्रति नेपालीहरुले आभार प्रकट गरेका छन् ।

यस्तै दूतावासका तर्फबाट उपनियोग प्रमुख तथा प्रवक्ता रिता धिताल, द्वितीय सचिव तथा सूचना अधिकारी भुवन ओझा, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले विमानस्थलमै पुगेर विदाई गरेका थिए । यस्तै एनआरएन युएईका अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा र नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल पनि नेपालीहरुलाई विदाई गर्न विमानस्थल पुगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »