सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१४ जना थपिए संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुग्यो

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु हुनेहरुमा ४ महिला र १० पुरुष छन् । आजको मृतक संख्यासँगै कुल संख्या २ सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौंका तीनजना महिलाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर एक सय ९७ पुरुष र ७४ महिलाको मृत्यु भइसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »