सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१५ देखि २० मिनेटमा कोरोना परीक्षण हुने नयाँ विधि आउने डब्ल्युएचओ भनाई

एजेन्सी। विश्व स्वास्थ्य संगठनले केही मिनेट मै कोभीड १९ को जाँच गर्न सकिने नयाँ परीक्षण विधि आउने बताएको छ । उक्त कोविड टेस्टको खर्च पाँच डलर मात्र पर्न आउने र यसले स्वास्थ्यकर्ता र प्रयोगशाला कम भएका देशहरुलाई फाईदा पुर्याउने संगठनले जनाएको छ ।

कोभिड १९ को पहिचान गर्ने उक्त नयाँ टेस्टले गरिब तथा सामान्य आय भएका देशहरुमा संक्रमण पत्ता लगाउने क्षमतामा तिब्र बृद्धी हुन सक्ने बताइएको छ ।

विश्वभरी कोरोना भाइरसबाट मारिनेको संख्या दश लाख नाघिसकेको बेला संगठनबाट उक्त कुरा बाहिर ल्याएको हो । अमेरिकाको जोन्स हपकिन्स युनिभर्सिटीको आंकडा अनुसार यसमा आधा भन्दा बढी मृत्यु हुन अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका छन् ।

उक्त टेस्ट विकसित गर्ने कम्पनीसँग भएको अनुबन्ध अनुसार कम्पनीले ६ महिना भित्र १२ करोड परीक्षण गर्न सक्षम हुने डब्ल्युएचओले जनाएको छ । यस उपलब्धीलाई महामारीका नियन्त्रण गर्नमा कोशे ढुंगा प्रमाणित हुन सक्ने संगठनले आशा ब्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडोरोसले यो नयाँ टेस्ट किट सजिलै एक ठाउँबाट अर्को ठाउँ ओसार पसार गर्न सकिने जानकारी दिए । नयाँ परीक्षणमा घन्टौ समय नलाग्ने र केही मिनेट मै नतिजा दिन सक्ने उल्लेख गर्दै यसले १५ देखि २० मिनेट मात्रै लिने उनले बताए ।

औषधी निर्माता कम्पनी एबोट एन्ड एसडी बायोसेनरले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग मिलेर १२ करोड टेस्ट तयार गर्ने सहमति दिएको छ ।

पत्रकारसँगको वार्तामा डाक्टर टेडरोसले परीक्षण र विशेष गरी नराम्रो प्रभावित इलाकाका लागि यो एक महत्वपुर्ण उपलब्धी हुने जानकारी दिए।

यो टेस्टले धेरै भन्दा धेरै संख्यामा संक्रमणको जाँच हुने र प्रयोगशाला र प्रशिक्षित स्वास्थ्यकर्मीको कमी भएका देशहरुका लागि यो धरै नै महत्वपुर्ण प्रमाणित हुने बताए।

भर्खरै

सम्बन्धित खबर

Language »