सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१८ वर्षे कानुनी छिद्र को दुरुपयोग गर्ने गिरोह कै चुँगुल मा सन्दिप पनि पल कै अवस्था हुन सक्छ

— मन्दिरा शर्मा पौडेल

सामाजिक सञ्जाल मार्फत सन्दिप ले भनेका छन् म सिपिएलबाट बिदा लिएर केहि दिनभित्रै नेपाल आउनेछु । उनले नेपालको कानुनको पूर्ण विश्वास रहेको बताउदै आफू निराधार आरोपको सामना गर्न तयार रहेको बताएका छन् । नेपाल मा नाबालिक को उमेर निर्धारण नै अव्यवहारिक भएको जस्तो देखिन्छ । अमेरिका को कुनै कुनै राज्य मा नाबालिक १६ वर्ष छ । त्यस्तै दक्षिण अफ्रिका मा पनि १६ बर्ष छ झनै जापान मा त १३ वर्ष पनि छ त्यस कारण नेपाल मा पनि नाबालिग उमेर पहिला १६ थियो पछि १८ बनाएको हो संसोधन गरेर । अव फेरि संसोधन गरेर १६ नै कायम गर्न पर्ने देखिदै छ हैन भने सहमति मै रात बिताइ बलात्कार मा फसाउने को बिगबिगी बढ्न थाल्छ विशेष गरी १६÷१८ बीचका युवतीहरुले यौनक्रिया र बलात्कार को बीच मा फरक नजरले नहेरिनु एकदम गलत कुरा हो ।

शरीर मा यौनिक हर्मोन उत्पादन भए सँगै शाररिक अंग को विकास हुन्छ र यौन चाहना पनि जाग्न शुरू हुन्छ। विश्व स्वास्थ्य संगठनले नै १५-३५ को उमेरलाई प्रजनन उमेर समूह मा राखेको अवस्थामा सहमतिमा गरिने यौन क्रिया लाई कानुन ले बाँध्नु उपयुक्त हुँदैन। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन तर पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन जबकि बलत्कार भन्ने कुरा बिलकुल जुन समुह मा नी हुन सक्छ त्यसमा सहमतिको कुनै गुन्जायस हुँदैन त्यो अपराध नै हो। नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने एक अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी अविवाहित युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ। वास्तविक कुरा कानुन ले कुरा नबुझेको हो जस्तो लाग्छ, होइन बलात्कार भनेको त अन्जान वा चिनेकै व्यक्ति ले अचानक एकान्त ठाँउ मा जबर्जस्ति वा अपहरण गरेर करणी गर्नु लाई मान्नु पर्ने हो तर दिन भरी रमाइलो गर्दै हिंड्ने अनि होटेल मा पनि सँगै बस्न जानी अनि बलात्कार भन्ने ?

अरुलाई आरोप लाउन सक्ने ले होटेल मा रात बिताउन छोरा मान्छे सङ जान हुन्न भन्ने थाहा हुन्न ? त्यो युवती लाई सन्दिप ले घिसारेर त लगेनन् होला पक्का पनि गल्ती युवतीको को पनि छ कानुन को नजर ले नहेरि व्यावहारिक रूपले हेर्दा। पल शाह र सन्दीप जस्लाई देशले नै चिन्छ अझ सन्दिप लाई त संसार ले नै चिन्छ क्रिकेट मार्फत यिनीहरूलाई नाबालिक भनिने केही मतलबीहरु प्रयोग गरि बलात्कारको आरोपमा फसाउने एउटा गिरोह नै सक्रिय भएको हुन सक्छ खोजी त्यस्ताको गर्नु पर्छ अब।कलेज पढ्ने उमेरका किशोरीहरु म तिम्रो फ्यान हु है भन्दै फोटो पठाउने, भेटघाट गर्ने , गाडिमा घुम्ने, होटल रेस्टुरेन्टमा मन परेको अर्डर गरि गरि खाने,साझ घर नफर्कने, बेलुका एउटै रुममा सुत्ने अनि केही दिन सोचबिचार गरेर नाटकीय रूपमा प्रहरी गुहार्दै बलात्कारको मुद्दा हाल्ने१अब बलात्कार सम्बन्धि कानुन संसोधन हुनुपर्छ र केटा केटि दुबैलाइ सजाय गरिनु पर्छ।

उमेर को हद देखाएर केटालाइ मात्रै एकतर्फी पिडित बनाउनु ,जेल हाल्नु र ठूलो रकम तिराउनु कानुनको हागामा टेकेर गरिने जघन्य अपराध हो।नेपालमा कुनै सामान्य जे कुरालाई पनि अपराधमा राखेर मुद्दा बढाउने मूल कारकतत्व यहॉको परम्परा, मान्यता , धरातलमा नटेकी बनाइएका कानुनहरू नै हुन्। सामान्य अपवादको कुरालाई अपराधको मुद्दा बनाउन अनुकूल कानुनबाट प्रहरी, प्रशासन, वकिल, न्यायाधीश, सामाजिक अभियन्ता, मानव अधिकारबादी गैरसरकारी संगठन र फटाहाहरूको खुब कमाई खाने भॉडो बन्ने र सर्वसाधारणले अनाहकमा मुद्दा, जेल भोग्दै नारकीय जीवन बॉच्नु पर्ने हुदै गएको छ।

पल शाह को अदालतको फैसला आउन साथ सन्दिप को केस बाहिर आउने कुरा एउटा संयोग मात्र हैन र १८ वर्षे कानुन को लूप होल संग खेल्ने गिरोह कै काम हो भन्न सक्ने आधार हरु छन् उनीहरुले नै सन्दिप को नाम सार्बजनिक गराएका हुन अब सत्य तथ्य त अन्सुसन्धन पछि पक्कै नी आउला तर बलात्कार मा सफाई पाए नी १० लाख (कमाईको तुलनामा त्यो अझ धेरै नी हुन सक्छ) र ढाई वर्ष को जेल त पक्कै होला यस बाट सन्दिप को व्यावसायिक खेल जीवन त ध्वस्त नै हुन्छ नी ।

भर्खरै

सम्बन्धित खबर

Language »