सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१८ वर्ष मुनिका अपाङ्कता बालबालिकाहरुका लागि रोशी गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

काभ्रे। रोशी गाउँपालिका मङलटार स्वास्थ्य चौकीमा १६ गते अाइतबार १८ वर्ष मुनिका अपाङ्कता भएका बालबालिकाहरुका लागि आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोशी गाउपालिकाको आयोजनामा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको सहकार्यमा सञ्चालन भएको उक्त शिविरमा ६२ जना बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक गंगा लाल श्रेष्ठले जानकारी दिएकाे हाे ।

रोशी गाउँपालिका, तेमाल गाउँपालिका र सिन्धुली जिल्लाका समेत गरि ६२ जना बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार शिविरमा नियमित उपचार गराउदै आएका र केही नया बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियो ।

सोही क्रममा कोरोना भाईरसबारे सचेतना र हरेक बालबालिकाहरुलाई स्वास्थ्य किट १/१ पाकेट वितरण गरेको स्वस्थ्य संयोजक श्रेष्ठले जानकारी दिएकाे हाे । रोशी गाउँपालिका भित्र हाल सम्मको तथ्याङ्क अनुसार १२७ जना शारिरीक रुपमा अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »