सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१९४० को जुत्ता नेपालीको खुट्टामा मिल्दैन,याे सरकार पाँच वर्षका लागि नै हाेः प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी ओली शर्माले नीति तथा कार्यक्रममा उठेको प्रश्नको सवाल जवाफलाई सम्बोधन गर्दै १९४० को जुत्ता नेपाली जनतालाई नमिल्ने बताउनु भएको छ ।

इनफ इनफ भनेपछि च्याम्बरलिनले छाडे जस्तो आफूले नछाड्ने संकेत गर्दै उनले भने, ‘एउटै जुत्ता सबै खुट्टामा मिल्दैन । यो च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि १९४० को जुत्ता नेपालीको खुट्टामा लगाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन ।’

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफ्नो राजीनामा माग्ने डा। बाबुराम भट्टराईलाई पनि जवाफ दिए । बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनु अगाडि बेलायती संसदमा इनफ, इनफको नारा लागेको सम्झिँदै उनले भने, ‘शायद अहिलेको सरकारलाई छोडिदिनुपर्छ भन्ने मित्रलाई लागेको हो । नेपाली जनताले गएको चुनावमा इनफ, इनफ एण्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु ।’

बरु यस्ता प्रयासले तानाशाह जन्माउन सक्ने प्रधानमन्त्री ओलीले बताए । मार्कोस, इदयमिनलाई देखेको भन्दै उनले भने, ‘हामी भन्न चाहन्छौं, नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । कुनै तानाशाह फर्किएर आउने कल्पना नगर्दा हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन ।’

प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भनेर ‘निम्छरा’ बयान नदिन चेतावनी दिएका छन् ।

अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुबै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पु¥याउन सफल भएका छन् र, तत्कालका लागि त्यो खतरा टरेको छ ।

त्यो अवधिमा नेपालका लागि चिनियाँ राजदूतले नेकपा नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । त्यही कारण कतिपय भारतीय विश्लेषकहरुले ओली सरकार चीनले जोगाइदिएको टिप्पणी गरेका थिए ।

त्यसतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी कहिले कहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा बचन कुनै पनि देशले नबोलिए राम्रो हुन्छ । यो सरकार नेपाली जनताले बनाएको हो, कुनै देशको आशिर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगरे हुन्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »