सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१ खर्ब डलर नाघ्यो फेसबुक संस्थापक जुकरबर्गको सम्पत्ति

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ ।

फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलर पार गरेको हो ।

शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको वृद्धि भयो । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।

यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् ।

अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »