सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२३ नेपाली नागरिकको शवसहित खाडीका चार मुलुकबाट ४ सय ९४ अलपत्र नेपालि काठमाडौं आइपुग्यो

काठमाडौं । मध्यपूर्व ( खाडी ) का बिभिन्न चार मुलुकबाट शुक्रबार अलपत्र ४ सय ९४ नेपाली नागरिक स्वदेश फर्कदा २३ नेपालीको शव पनि नेपाल आइपुगेको छ ।

कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्कने क्रममा शुक्रबार एकैपटक बिभिन्न ४ एयरलाइन्सबाट सो संख्यामा नेपाली स्वदेश फर्कदा बिभिन्न समयमा मृत्यु भएर पनि हवाई उडान बन्द भएका कारण स्वदेश ल्याउन नसकिएका नेपालीका शवहरु पनि नेपाल ल्याइएको हो ।

शुक्रबार साउदी अरेबियाको दमामबाट हिमालयन एयरलाइन्समार्फत १ सय ५३ नेपाली आउँदा १ जनाको शव आएको छ । यस्तै कुवेतबाट १ सय ५० जना नेपाली नागरिकसहित २ नेपाली नागरिकको शव ल्याइएको छ ।

यस्तै कतारबाट ४३ नेपाली नागरिक स्वदेश फर्कदा उनीहरुसंगै २० जना नेपालीको शव पनि काठमाडौं ल्याइएको छ ।
यसैगरी संयुक्त अरब इमिरेट्सको दुबईबाट १ सय ४८ नेपाली नागरिक स्वदेश फर्किएका छन् । युएईबाट भने कुनै शव नआएको त्रिभूवन अन्तर्राष्ट्रिय ।

यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन।

ल्याइएको सबै २३ जनाको शव मध्ये ७ जनाको शव व्यवस्थापन काठमाडौंमा गरिनेछ भने अन्यको सम्बन्धित गृह जिल्ला पठाइने व्यवस्था मिलाइने भएको छ ।

फर्किएका अलपत्र नेपालीहरुको हकमा भने काठमाडौं उपत्यकामा बनाइएको बिभिन्न होल्डिङ सेन्टरमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र उनीहरुको घर पठाइने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »