सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २४,९५७ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमित ८ हजार २५ रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ८३७ पुगेको छ। यो कुल संक्रमित मध्ये ६८.४ प्रतिशत हो।

मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् भने क्वारेन्टाइनमा ११ हजार ५८ रहेका छन्।

त्यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार मृतक मध्ये ७३ पुरुष र २२ महिला रहेका छन।

भर्खरै

सम्बन्धित खबर

Language »